काठमाडाैं – मुख्य विपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्नेहरुलाई पक्राउ गरेकोमा विरोध जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसारका धेरै देशमा मुख्य प्रशासनिक कार्यालय बाहिरपट्टि शान्तिपूर्ण प्रदर्शन गर्न पाइने स्मरण गराउँदै माइतीघरमा विरोध प्रदर्शन गर्न नदिनु गलत भएको बताउनुभएको हो ।
उहाँले निशेषाज्ञा उचित समयमा तोडिने चेतावनी दिंदै उहाँले यो उत्तर कोरिया नभएर नेपाल भएको स्मरण गराउनुभएको छ ।








