Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – अस्ट्रेलियाको मेलबर्नमा नेपाल-अस्ट्रेलिया विजनेस फोरम-२०१८ सुरु भएको छ । नेपाली दूतावास क्यानबेरा र नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा पहिलोपटक यहाँका नेपाली र अस्ट्रेलियाको समुदायमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली र अस्ट्रेलियन राष्ट्रिय गानबाट सुरु भएको फोरमको उदघाटन पानसमा बत्ती बालेर गरिएको थियो ।  कार्यक्रममा नेपाल र अस्ट्रेलियाबीचको व्यापार, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवसर, अस्ट्रेलियामा आयात गर्न सकिने वस्तुहरुको पहिचान लगायतका विषयमा वक्ताहरुले दिनभर मन्थन गर्ने छन् ।

कार्यक्रममा नेपालबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, भिक्टोरियाका अर्थमन्त्री रविन स्कट, पररास्ट्र सम्बन्ध हर्ने डिफ्याटकी निर्देश फियोना म्यकग्रा, नेपाली मूलका अस्ट्रेलियाली सफल व्यवसायी एवं परोपकारी ब्यक्तित्व शेष घले, एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट, महावाणिज्यदूतहरु, अस्ट्रेलियाका १०० बढी अस्ट्रेलियन व्यवसायी र लगानीकर्ताहरु सहभागी छन् ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपालमा राजनीतिक स्थिरता आएको भन्दै वैदेशिक लगानी अभिवृद्धि गर्न यो कार्यक्रम सफल हुने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया