काठमाडाैं – काठमाडाैंकाे माइतीघर मण्डलमा प्रदर्शन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्रमा धर्ना बस्न लागेका विवेकशील साझा पार्टीका सहअध्यक्ष उज्ज्वल थापासहित १० जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई सिंहदरबार वृत्तमा राखिएको छ । प्रदर्शनकारीहरू ‘डा. गोविन्द केसी समर्थक समूह’ को ब्यानरमा थिए । सरकारले साउन १ गतेदेखि विरोध प्रदर्शनका लागि निश्चित ठाउँ तोकेको थियो ।
राजधानी उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा तोकिएका ठाउँमा मात्र सभा र प्रदर्शन गर्न पाइने भएपछि सरकारी निर्णयको विरोध भएको छ ।








