Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं -वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रयोग गरी सुन तस्करी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । चितवन घर भइ मण्डिखाटार बस्ने पूर्णबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट एक सय ग्रामका दुई वटा सुनका सिक्रि र ४ वटा ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ ।  चाबहिलको ओम डेन्टल अस्पताल अगाडि तस्करीका सामान संकलन गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

नेपालमा भन्दा दुबईमा सुन तथा ल्यापटप सस्तो पाइने भएकाले विदेशबाट फर्कने कामदारलाई प्रयोग गरी सुन तस्करी हुने गरेको छ । हाल सरकारले एक सय ग्रामसम्म सुन भन्सार तिरेर ल्याउन सक्ने प्रावधान लागु गरेको छ ।

तपाईको प्रतिक्रिया