Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – सरकारले सुन तस्करीको बिशेष अनुसन्धान गरिरहदा पनि तस्करी रोकिएको छैन । वीरगंजमा १ किलो सुनसहित एक युवक पक्राउ परेका छन् । सर्लाहीको हरिपुर नगरपालिका-९ का ३८ वर्षीय सन्तोष कुमार साहलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार उनलाई चेकिङको क्रममा प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परका उनी ‘भरिया’ मात्र हुन्, तस्करीका नाइकेलाई प्रहरीले पत्ता लगाउन सकेको छैन । सो सुन तस्करीबाटै नेपाल भित्रिएको र भारत लैजाने प्रयास गर्दा बरामद गरिएको प्रहरीले जनाएको छ । केरुङ नाकाबाट सो सुन भित्रिएको आशंका गरिएको छ ।

विमानस्थलबाट लामो समयदेखि भएको सुन तस्करीको सम्बन्धमा हाल बिशेष अनुसन्धान टोली गठन गरी छानबिन भइरहेको छ। ठूलो संख्यामा तस्करहरु पक्राउ परिसकेका छन् । तर, पनि अर्काे समूहले सुन तस्करी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया