काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान सकिने बताउनु भएकाे छ । नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत गरिने उहाँले बताउनुभयाे ।
सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने सरकारको तयारी रहेको उहाँले खुलाउनुभयाे । हिजो विरोध गर्नेको स्वर रेकर्डेड रहेको भन्दै उहाँले कागजका डुंगा चलाउनेले त्यसपछि के गर्छन् भन्ने प्रश्न गर्नुभयो ।
जननेता मदन भण्डारीको ६७ अौँ जन्मजयन्तीका अवसरमा अाज आयोजित कार्यक्रममा उनले रेल आउनबाट कसैले रोक्न नसक्ने भन्दै विमानस्थल, बाटाघाटालगायत सबै पूर्वाधार अपडेट गरिने बताउनुभयाे ।








