Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – नेपाल वायुसेवा निगमले विहीबार नेपाल ल्याएको नयाँ वाइडबडी विमानले पहिलो उडान कतारको दोहामा गर्ने भएको छ । आउँदो अगष्टको १ तारिखमा निगमले काठमाडौंबाट दोहाको उडान गरेर व्यवसायिक उडान सुरु गर्ने निगमले जनाएको छ ।

यसअघि दुवईबाट उडान सुरु गर्ने भनिए पनि प्राविधिक समस्याका कारण पहिलो उडान कतारको दोहाको लागि तय भएको निगमले जनाएको छ । उडान सञ्चालन अनुमति एओसी लगायत अन्य कागजी र प्राविधिक विषय मिलाउन १ महिना लाग्ने निगमको दावी छ । ‘हाम्रो विमानले व्यवसायीक उडान दोहाबाट सुरु गर्नेछ’ निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भन्नुभयो, ‘दोहामा उडानको लागि हामीले लगभग सबै प्रक्रिया पूरा गरिसकेका छौं, यताको प्रक्रिया पूरा हुँदावित्तिकै हामी दोहा आउजाउ गरिहाल्नेछौं ।’

अाज नेपाल ल्याइएको जहाजमा २ सय ७४ सिट रहेका छन् । दोहापछि दुवइमा उडान गरिने र दोस्रो चरणमा जापान, दक्षिण कोरिया साउदी अरेवियालगायतका देशमा विमान लगिने निगमले जनाएको छ । निगमले आज ल्याएको जस्तै एअरवस ए ३३०-२०० सिरिजको अर्को जहाज डेढ महिनाभित्र आइपुग्ने दावी गरेको छ । पहिलोपटक वाइडवडी जहाज किन्न निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट २४ अर्व रुपैयाँ ऋण लिएको थियो ।

तपाईको प्रतिक्रिया