Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – कम्लरी मुक्ति घोषणाको ५ वर्ष पुरा भएको छ । सरकारले २०७० साल साउन १३ गते कम्लरी मुक्ति घोषणा गरेपनि उनीहरुको पुनस्र्थापना भने हुन सकेको छैन । साउन १३ लाई उन्मुक्ति दिवसका रुपमा मनाउदै आएका कम्लरीहरुले यसवर्ष भने शोकसभा गरेका छन् । बाँकेका मुक्त कम्लरीहरुले मुक्ति दिसवका दिन सहकर्मी कम्लरीहरुको हत्या विरोधमा आज शोकसभा गरेका हुन् ।

उनीहरुले कम्लरी हत्यामा संलग्न व्यक्तिलाई कारवाहीको माग गरे । बुधबार नेपालगन्जको बिपी चोकमा जम्मा भएका पुर्बकम्लरीले हत्यामा संलग्न व्यक्तिहरुलाई कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिए । बर्दियाको बढैयाताल गाउँपालिका ७ का दुर्गा भण्डारीको घरमा कम्लरी बसेकी बाँसगढी ४ अस्नेरीकी ११ वर्षीया अस्मिता थारूको शंकास्पद मृत्यु भएको भन्दै छानवीनको माग पुर्बकम्लरीले गर्दै आएका छन् ।

हालसम्म ६ कम्लरीको मृत्यु काम गरिरहेका व्यक्तिहरुको घरमै भए पनि कारवाही नभएको मुक्तकम्लरी विकास मन्चका केन्द्रीय उपाध्यक्ष दिलकुमारी चौधरीले बताउनुभयो । त्यस्तै कतिपय कम्लरी यौन शोषणमा समेत परेका छन् । घरमालिकबाट बलात्कृत २२ कम्लरीले सन्तान समेत जन्माएको चौधरीको भनाई छ ।

तपाईको प्रतिक्रिया