Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ हटाउने प्रस्ताव सर्वसम्मत पारित भएको छ । अाजको पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले लेखनाथ हटाउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

पारित प्रस्तावलाई अव कार्यपालिकाको बैठकले प्रदेश नम्वर चार सरकारलाई लेखनाथ हटाउन सिफारिस गर्ने छ । प्रदेशले संघीय सरकारलाई सिफारिस गर्ने र मन्त्रीपरिषदबाट पास भएपछि राजपत्रमा प्रकाशित भएपछि नाम परिवर्तन हुनेछ । यसअघि गत वर्ष फागुनमा सम्पन्न दोश्रो नगरसभामा पनि नाम परिमार्जन गर्न प्रस्ताव भएको थियो । लेखनाथ हटाउन प्रस्ताव पेश भएपनि छलफल भने हुन सकेको थिएन । अहिले नाम हटाउने विषयमा महानगर प्रमुख मानबहादुर जिसी र अधिकांश जनप्रतिनिधि सकारात्मक भएपछि प्रस्ताव पेश भएको थियो ।

पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित नाम भएकाले अन्य नाम झुन्ड्याएर लामो बनाउन जरुरी नरहेको भन्दै पोखरा महानगर मात्रै राख्ने प्रस्ताव गरिएको हो । एमालेका सचेतक तथा पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले सभामा नाम परिमार्जनको प्रस्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन जनाएका थिए । लेखनाथ हटाउने प्रस्तावमाथि मंगलबार नगरसभामा ब्यापक छलफल गरि पारित गरेको हो ।  छलफलमा ४० जना नगर सभाषद्ले लेखनाथ हटाउने प्रस्तावका बारेमा आआफनो विचार राखेका थिए ।

नगर सभाबाट लेखनाथ हटाउने प्रस्ताव पारित भएपछि प्रदेश सरकार मार्फत संघीय सरकारलाई लेखनाथ हटाउनु सिफारिस पठाइने छ । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी नाम परिवर्तन भएको घोषणा गर्नेछ र त्यसपछि कामकाज नयाँ नामअनुसार अघि बढ्नेछ ।

तपाईको प्रतिक्रिया