Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी १० वर्षमा नेपालले दुई हजार किलोमिटर रेलमार्ग निर्माण गर्ने बताउनु भएकाे छ । अाज भारतको मुम्बाइमा भएको एसियाली पूर्वाधार लगानी बोर्डको बैठकमा मन्त्री खतिवडाले दुई हजार किलोमिटर रेलमार्ग नसर्माण गर्ने लक्ष्य सहित सरकार अघि बढेको बताउनु भएकाे हाे ।

उहाँले १० वर्षमा ७० हजार किलोमिटिर सडक सञ्‍जाल विस्तार गरिने बताउनुभयाे । जलविद्युत, विमानस्थलर र होटल क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी विस्तार गर्ने नीति सहित सरकार अघि बढेको उहाँकाे भनाइ छ । खतिवडाले आगामी १० वर्षमा वार्षिक ५० लाख पर्यटक विस्तार गर्ने लक्ष्यसहित पूर्वधार विकासमा अघि बढेको बताउनुभयाे ।

खतिवडाले अपेक्षित गतिमा सरकारले प्रभावकारी पूर्वधार विकासको काम गर्न नसकेको स्विकार्नुभयाे । स्थानीय र प्रदेश तहमा३६ हजार जनप्रतिनिधि निर्वाचित भए पनि विकास निर्माणका प्रक्रियामा समस्या रहेको खतिवडाले बताउनसभयाे । उहाँले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न पनि सरकरा प्रतिबद्ध रहेको खतिवडाले जानकारी गराउनु भएकाे छ ।

तपाईको प्रतिक्रिया