काठमाडाैं – स्वास्थ्य मन्त्रालयले आन्दोलनरत नेपाल नर्सिङ संघलाई वार्ताका लागि आज बोलाएको छ । सरकारसँग यसअघि भएको ११ बुँदे सहमतिको कार्यान्वयन, एमएससी अध्ययनका लागि चीनले उपलब्ध गराएको छात्रवृत्ति लगायत विषयमा वार्ता हुने संघले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री उपेन्द्र यादव सहित दिउँसो २ बजे वार्ता हुन लागेको हो । सरकारी सरह निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सिङ लगायत अन्य कर्मचारीको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने, सबै विद्यालयमा नर्सिङ कर्मचारी राख्ने गरी स्वास्थ्य नीतिमा समावेश गर्नुपर्ने लगायत माग बारे गत माघमा सहमति भएपनि कार्यन्वयन नभएको भन्दै नर्सहरुले झण्डै १ सातादेखि संघर्ष गर्दै आएका छन् ।
यस्तै, एमएससी अध्ययनका लागि चीन सरकारले २५ जनालाई उपलब्ध गराएको छात्रवृत्ति स्वास्थ्य र अर्थ मन्त्रालयको बेवास्ताका कारण गुम्ने खतरा रहेको पोखरेलले बताउनुभयो । यसैबीच इमर्जेन्सी बाहेक कुनै पनि शैक्षिक कार्यक्रममा तीन दिनदेखि सहभागीता नजनाएका नेशनल रेजिडेण्ट डक्टर्स एशोसिएसनलाई पनि मन्त्रालयले वार्ताका लागि बोलाएको छ ।








