काठमाडौं – गायिका गौरी भट्ट र गायक लोकेन्द्र बहादुर चन्दको स्वरमा रहेको डिजे गीत ‘पोइल जान बेर छैन…’ सार्वजनिक भएको छ । लोकेन्द्र बहादुर चन्दको प्रस्तृती रहेको गीत यूट्यूवमा सार्वजनिक भएको हो । गीतमा लय तथा शब्द लोकेन्द्रकै रहेको छ भने संगीत केशव बडुको छ ।
गीतमा युवा युवतीको प्रेम प्रसंगलाई रोमाञ्चक शैलीमा प्रस्तृत गरिएको छ । सुदूरपश्चिमको ‘डोटेली’ तथा नेपाली दुवै भाषा प्रयोग गरेर तयार पारिएको गीत निकै रमाञ्चक बनेको छ । बिहे गर्ने उमेरका युवा युवतीको प्रेम प्रसंगलाई शब्दमा ढालिएको गीतमा मौलिकतालाई पनि देखाइएको छ ।
गीतमा केटीलाई बिहे गर्न हतार भएको र केटाले पर्ख भनेको प्रसंग छ । केटी भन्छिन्- ‘ब्या गर्देऊ ब्या गर्देऊ, ‘पोइल जान बेर छैन…








