Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं  – विश्वमा बर्षेनी ८ लाख मानिस आफ्नो घर छाडेर अन्य मुलुकमा शरणार्थी जीवन बिताउन बाध्य छन् । पछिल्लो समय युद्धग्रस्त मुलुकसँगै गरिबिले आक्रान्त बनेका अफ्रिकी मुलुकबाट वर्षेनी हजारौ मानिस देश छाडेर अन्य मुलुक जाने क्रम तिब्र बनेको बिभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।

सो क्रममा वर्षेनी सयौंले ज्यान गुमाउने गरेको समाचार वर्षैभर आईरहेका छन् । मध्यपूर्व र अफ्रिकासँगै एसियाली मुलुकहरुपनि आप्रवासी स्थानान्तरणको समस्या उत्तिकै रहेको छ ।  यसैबीच नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी आज १८ औं विश्व शरणार्थी दिवस मनाईदैछ ।

४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि अन्तराष्ट्रिय शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघीय उच्च आयोग युएनएचसीआरले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता बिषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिंदै आएको छ ।

नेपालमा भुटानबाट आएका हजारौं शरणार्थी मध्ये करिब १ लाख १२ हजारलाई अमेरिका, क्यानाडा, न्युजिल्याण्ड, लगायत ८ वटा मुलुकमा पुनस्थापित भएका छन् । यूएनएचसीआरको तथ्याङ्कअनुसार हाल नेपालमा ७ हजार ४७ जनामात्र शरणार्थी रहेका छन् । यद्यपी भूटान पिपल्स पार्टीका सभापति बलराम पौडेलले करिब १० हजार शरणार्थी अझै नेपालमा रहेको बताउनुहुन्छ ।

शरणार्थीको संख्या कम भएपछि ७ वटा शिविरबाट घटाएर अहिले झापा र मोरङमा २ वटा शिबिरमा मात्र भुटानी शरणार्थीलाई राखिएको छ । पछिल्लो तथ्यङक अनुसार नेपालमा भुटानसहित तिब्बत, बंगलादेश, नाईजेरिया लगायत देशबाट २० हजारको संख्यामा शरणर्थी बसोबास गरिरहेका छन् ।

६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थी आश्रय लिएपनि नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर भने गरेको छ्रैन । त्यस्तै शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानूनको निर्माण पनि हुन सकेको छ्रैन । विश्वमा हरेक १ सय १३ मध्ये १ जना शरणार्थी भएर घरबार छाड्न बाध्य हुनपरेको तथ्यङक छ ।

तपाईको प्रतिक्रिया