Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

हेटौंडा – कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान निर्माण र कार्यान्वयन प्राथमिकतामा परेकाले पार्टीमा ध्यान दिन नसकेको स्वीकार्नु भएको छ । हेटौंडामा शुरु भएको जिल्ला सभापतिको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै उहाँले कतिपय विषय ‘अतिरञ्जित र अशोभनीय ढंग’ले पनि उठ्ने गरेको तर्क गर्नुभयो ।

‘पार्टी भित्र साथीहरुवाट केहि असतुष्टी अभिव्यक्त हुने गरेका छन्, कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनीय ढंगले पनि उठ्ने गरेका छन्,’ लिखित मन्तव्य दिएका उहाँले भन्नुभयो, ‘पछिल्लो समय संविधानको निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हुँदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र उर्जा त्यसतर्फ केन्द्रित भयो ।’

उद्घाटन सत्रमा नेताहरुले पार्टी भित्रको एकताको प्रश्न उठाएका थिए । बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र वैमनश्यता रहेकै कारण एकताको कुरा उठेको भन्न्दै भावनात्मक एकतामा जोड दिनुभयो । उपसभापति विमलेन्द्र निधिले भेलाले एकताको सन्देश दिनुपर्ने तर्क गर्नुभयो । ‘आरोप प्रत्यारोपमा नउत्रौं, निराश नहोऔं, आवेग, रिसमा नआऔं,’ निधिले भन्नुभयो, ‘त्यति भएपछि हामी हुन्छौं ।’

कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले पार्टीमा एक हुने हो भने पाँच वर्षमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिने दाबी गर्नुभयो । महामन्त्री सशांक कोइरालाले एकता नभएसम्म कांग्रेसको भविष्य नभएको भन्दै भेलाबाट एक भएर राष्ट्र निर्माणमा लाग्न अनुरोध गर्नुभयो । ‘कम्युनिष्ट एकता भन्दा पनि गुट उपगुट भएको कारण अघिल्लो चुनावमा हारियो,’ उहाँले भन्नुभयो, ‘एकजुट भएको भए कम्युनिष्ट एकताले कुनै असर गर्न सक्दैनथ्यो ।’

भेलाको व्यवस्थापन गरेको मकवानपुर कांग्रेसका सभापति एवं प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भेलाले एकढिक्का भएर अघि बढ्ने प्रण गर्नुपर्ने धारणा राखे । कांग्रेसमा संस्थापनइतर पौडेल र सिटौला समूहले तत्काल विधान संशोधन गरेर प्रादेशिक संरचना अनुसार संगठन निर्माण गर्न दबाब दिइरहेका छन् । उनीहरुले जिल्ला सभापतिको भेलाबाटै महासमिति बैठकको मिति तोक्न दबाब दिंदै आएका छन् ।

तपाईको प्रतिक्रिया