Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – काठमाडौंका स्थानीय बासिन्दासहित सम्पदाप्रेमीले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन् । पुरातात्विक रानीपोखरीको पुननिर्माणलाई बेवास्ता गर्दै झाडी नै झाडी भएको ‘चौर’ मा परिणत गरेको भन्दै विहान सम्पदाप्रेमीले महानगरलाई रानीपोखरीमा सप्रिएको घाँस उपहार दिएका हुन् ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्रसहित ‘घाँस’ बुझाउँदै सम्पदाविद्, स्थानीय र सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको सिफरिस अनुरुप मल्लकालीन शैलीमा नै निर्माण गर्न माग गरेका छन् । मेयर विद्यासुन्दर शाक्य हाल प्रधानमन्त्रीसँगै चीन भ्रमणमा छन् । उनीहरुले रानीपोखरीको पुनर्निर्माणमा ढिलाई तथा हेलचेक्र्याइँ गरेर महानगरले सम्पदाको महत्वलाई चरम बेवास्ता गरेको आरोप लगाउँदै सांकेतिक रुपमा घाँस उपहार दिएका हुन् ।

सो समूहले विहान रानीपोखरीको सरसफार्इ पनि गरेको थियो । नेपाल प्रहरीसहित विभिन्न स्थानबाट आएका स्थानीयहरुको सूमहले रानीपोखरीमा सरसफाइ गरेको हो । रानीपोखरी पुनर्निर्माणका लागि पनी सुकाइएपछि काठमाडौं महानगरपालिकाले पुनर्निर्माणमा चरम लापरवाही र ढिलासुस्ती गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया