Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा सुरु भएको छ । तीन दिन चल्ने भेला हेटौंडाको पल्पसा क्याफेमा भरखरै सुरु भएको हो ।

जिल्ला सभापितहरुको राष्ट्रिय भेलाको सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । अहिले उद्घाटन सत्र चलिरहेको छ । पहिलो दिनको उद्घाटन सत्रमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका सीमित नेताले सम्बोधन गर्ने कार्यक्रम छ । भेलाको दोस्रो दिन जिल्ला सभापतिहरूले आफ्ना धारणा राख्नेछन् भने समापनको दिन ७ प्रदेशका ७ समूहबाट आएका सुझाव एकत्रित गरिने बताइएको छ ।

कांग्रेसमा जिल्ला सभापतिहरुको भेलालाई  मिनी महासमितिका रूपमा लिने गरिएको छ । केन्द्रीय सदस्यहरूले जिल्ला सभापतिहरुको धारणा सुन्न पाउनेछन् तर उनीहरूले भेलामा बोल्न भने पाउने छैनन् । मूलतः विधान संशोधनका लागि बोलाइएको भेलामा जिल्ला सभापतिहरूले पार्टीको पराजय, गुट, उपगुट, टिकट वितरण, विधान विपरीतका कार्य, प्रतिपक्ष दलको कमजोर भूमिका र सरकारका गलत कदमका विषयमा धारणा राख्ने भएका छन् ।

यसैबीच, भेलाको उद्घाटन हुनुअघि बिहान करिब चार दर्जन जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य डा शेखर कोइरालासँग आन्तरिक छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया