गोरखा – स्नायू शल्यचिकित्सक प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको निधनको शोकमा गोरखा पालुङटार नगरपालिका-४ को अमरज्योति जनता माविमा आज विदा दिइएको छ ।
पित्त नलीको क्यान्सबारवाट पिडित ६५ वर्षिय देवकोटाको उपचारको क्रममा हिजो साँझ ५ ३५ बजे राजधानीको वाँसवारीस्थित न्यूरो अस्प्तालमा निधन भएको थियो । एक मिनेट मौन धारण गरेर विद्यालयको पठन पाठन वन्द गरिएको प्रध्यानाध्यापक गोविन्द खनालले बताएउनुभयो ।
राष्ट्रिय तथा अन्तराष्ट्रियस्तर सम्म विद्यालयलाई चिनाउने देवकोटाको मार्गमा अघि वढ्न विद्यार्थीलाई अनुरोध समेत गरिएको उहाँले जानकारी दिनुभयो । देवकोटा सो विद्यालयका पुर्व विद्यार्थीहरुको समुहका अध्यक्ष समेत हुनुहुन्थ्यो । २०२६ सालमा प्रवेशिका परिक्षा दिएका देवकोटा देशैभरबाट १० औं स्थानमा पर्नुभएको थियो ।








