टोकियो– जापानको ओशाका शहरमा गएको भूकम्पका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३७० भन्दा बढि मानिसहरू घाइते भएका छन्।

ज्यान गुमाउने मध्येकी एक नौ वर्षकी बालिकालाई पर्खालले किचेको थियो। त्यस्तै ८० बर्षिय बृद्धको समेत पर्खालले किचेर मृत्यु भएको थियो भने ८५ बर्षिय अर्का बृद्धको किताब राख्ने दराजले किच्दा मृत्यु भएको पुष्टि भएको छ ।

भूकम्पले बिहानीपखको व्यस्त समयमा यातायात प्रणालीलाई अवरुद्ध बनाएको थियो भने दशौं हजार मानिसहरूलाई विद्युतको पहुँचबाट वञ्चित गरेको थियो। रेल सेवाहरू ठप्प भएपछि दशौँ हजार मानिसहरू अलपत्र परेका थिए।

अबरुद्ध ग्याँस लाइनहरु सूचारु हुन एक हप्ताभन्दा बढि लाग्ने ओशाका ग्याँस कं ले जनाएको छ । जापानी सञ्चारमाध्यमहरूका अनुसार ओशाका महानगरको उत्तरी भागमा केन्द्रबिन्दु रहेको त्यो भूकम्प ६ दशमलव १ म्याग्निच्युडको थियो।








