Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी भित्रकै घात अन्तरघातका कारण कांग्रेसले २५ सिटमा जित्दा जित्दै पनि हारेको बताउनु भएको छ । आज चितवनको भरतपुरमा नेपाल दलित संघ चितवनले राखेको प्रशिक्षण कार्यक्रममा देउवाले भन्नुभयो, ‘यस्ता अन्तरघातिलाई पार्टीमा कहिलेसम्म राख्ने, सधै अन्तरघात भए पार्टीले कसरी जित्छ ?’

संघीय संसद र प्रदेशसभाको चुनावमा तत्कालीन एमाले र माओवादी दुई पार्टी एक भएर चुनावमा भिडेको तर कांग्रेस पार्टी एउटै भएपनि दुई पार्टी जसरी चुनाव लडेको देउवाले बताउनुभयो । ‘अनि यसरी पनि चुनाव जितिन्छ तरु मान्छेहरु आफू चुनाव जित्न सक्दैनन् दोष मलाई दिन्छन् । के कारणले चुनाव हारे भनेर पत्तो नपाइ दोष मलाई दिने? यो त हद हुन्छ नि’ देउवाले भन्नुभयो ।

आफूलाई मात्रै दोष दिएर पार्टी चल्नेवाला छैन भन्ने भनाइ देउवाको थियो । ‘अब अन्तरघातिलाई कारबाही गर्छु । पार्टीलाई एक बनाउँछु र आउँदो चुनावमा पहिलो स्थानमा पार्टीलाई पुर्‍याएरै छाड्छु’ सभापति देउवाको प्रतिज्ञा थियो ।

तपाईको प्रतिक्रिया