Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदका दुवै सदनलाई छुट्टाछुट्टै सम्बोधन गर्दै हुनुहुन्छ ।

छिमेकी मुलुक चीनको भोलीबाट हुने राजकीय भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले आज दुवै सदनमा सम्बोधन गर्न लाग्नु भएको हो । यसका लागि राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे र प्रतिनिधिसभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाईएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको स्थायी कमिटी बैठकमा चीन भ्रमणका क्रममा १३ वटा बिषयमा समहमति र सम्झौता हुने जानकारी यसअघि नै गराउनुभएको थियो ।

सहमति र सम्झौताका बिषयमा चीन भ्रमणबाट बढी आकांक्षा पालेको बर्तमान सरकारले बिभिन्न जिल्लामा उत्तरी नाका सञ्चालन, तातोपानी नाका पुन: सञ्चालन, रेल मार्ग लगायत चिनियाँ सहयोगमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाबारे छलफल तथा सहमतिको तयारी नेपाल सरकारले गरेको छ ।

प्रधानमन्त्री ओली गृह, परराष्ट्र, उर्जा, भौतिक पूर्वाधार मन्त्री सहित चीन उड्नु हुनेछ ।

तपाईको प्रतिक्रिया