Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

कपिलवस्तु – भारतीय नम्बर प्लेट भएकाे गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एकजना पूर्व शिक्षकको ज्यान गएको छ ।

तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा सोमबार बिहान यूपी ५६७२४० नम्बरको म्याजिक गाडीको ठक्करबाट स्थानीय ५५ वर्षीय पूर्व शिक्षक अयोध्याप्रसाद चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

मर्निङ्ग वाकबाट फर्कदै गरेका चौधरीलाई त्यसै दिशाबाट आएको गाडीले ठक्कर दिएको स्थानीयले बताएका छन् । गाडीको ठक्करपछि घटना स्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया