Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

ओशाका – जापानको उत्तरी ओशाकामा ठूलो भुकम्प गएको छ । सोमवार विहान ७ बजेर ५८ मिनेटमा ६ दशमलब १ म्याग्नेच्यूडको भुकम्प गएको हो । भुकम्प पश्चात सुनामीको खतरा भने नरहेको बताइएको छ ।

समाचार तयार पार्दासम्म भुकम्पमा परि २ जनाको मृत्यु भएको पुष्टि भैसकेको र ३८ जना घाइते भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ । भुकम्प पश्चात सिनकानसेन तथा स्थानीय रेलसेवा रोकिएको थियो ।

तीन वटा विमानस्थल केही समय अवरुद्ध हुनुका साथै करिव १ लाख ७० हजार घरमा विद्युत् आपुर्ती अवरुद्ध हुन पुगेको बताइएको छ । स्थानीय ग्यास कम्पनीका अनुसार एक लाख ८ हजार घरमा ग्यास आपूर्तिसमेत बन्द भएको छ ।

फुकुई प्रिफेक्चरमा अवस्थित ५ वटै आणविक प्रशोधन केन्द्र नियमीत सञ्चालनमा रहेको भन्दै भूकम्पले कुनै असर नपारेको समाचारमा जनाइएको छ ।

मुख्य क्याविनेट सचिब योसिहिदे सुगाले पत्रकार सम्मेलनमार्फत ठूलो क्षतिको खबर नरहेको बताएका छन् । जापानका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएका छन् ।

यसैबिच, त्यहाँका प्रकोप व्यवस्थापन मन्त्री हचिरो ओकोनोगोले भत्किएका भवनहरुमा केही मानिस पुरिएको आशंका गरिएको भन्दै अधिकारीहरुले त्यसको पुष्टि गर्न काम गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया