Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं –  अफगान सरकारले तालिवानी बिद्रोहीसँगको युद्धविरामको समयसीमा बढाएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले ईदको अवसर पारेर तालिवानी विद्रोहीको मागअनुसार युद्धविरामको समयसीमा बढाइएको बताएका छन् ।

news

उनले युद्धविरामपछि अव अफगानिस्तान स्थायी शान्तितर्फ अघि बढ्ने बताए । उनले इदको अवसर पारेर तालिवानी विद्रोहीका केही लडाकुलाई जेलबाट रिहासमेत गरेका हुन् ।

स्थानीय टेलिभिजनलाई सम्बोधन गर्दै राष्ट्रपति घानीले तालिवानी बिद्रोहीका सदस्यहरुलाई पनि सर्वसाधारण सरह सरकारी सहायता प्रदान गर्ने जानकारी दिए

युद्धबिरामपछि अफगानी सेना र तालिवानी बिद्रोहीले एक–अर्कामा शुभकामना साटासाट गरेर मुस्लिमहरुको महान पर्व इद उल फित्र मनाएका छन् ।

यसैबीच अफगानिस्तानको नंगरहार प्रान्तमा भएको एक आत्मघाती बिस्फोटमा २५ जनाको मृत्यु भएको छ । घटनामा ५० भन्दा बढी घाइते भएका छन् ।

तालीवानी बिद्रोही र अफगानी सेना एक साथ इद मनाइरहेकै बेला बिस्फोट भएको हो । मारिनेमा दुई तालीवानी नेता पनि रहेका छन् । घटनाको जिम्मेवारी इस्लामिक अतिवादी संगठन आईएसले लिएको छ ।

तपाईको प्रतिक्रिया