Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं– प्रतिनिधि सभामा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल आज सकिँदैछ। गत बिहीबर सुरु छलफल तेस्रो दिन आज सक्ने तयारी संघीय संसद सचिवालयले गरेको छ।

एक साथ सुरु भएको छलफल राष्ट्रिय सभामा भने गत शुक्रबार नै सकिएको थियो। बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधि सभाको बैठकमा बोल्न बाँकी सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यसूची छ।

यसअघिका छलफलमा भाग लिँँदै सांसदहरुले बजेटले संघीयतालाई उपेक्षा गरेको, वाम गठबन्धनको घोषणा–पत्र अनुसार आउन नसकेको, जनता झुक्याउने काम मात्र भएको भन्दै आलोचना गरेका थिए।

सामाजिक सुरक्षातर्फ सरकारले पर्याप्त रकम नछुट्याएको, सांसदका लागि घुमाउरो शैलीमा ४ करोड रुपैयाँ विनियोजन गरेको, बजेटको ७० प्रतिशत हिस्सा आफैले राखेको भन्दै सत्तापक्षकै सांसदबाट बजेटको आलोचना गरेका थिए।

बजेटको कार्यान्वयन हुनेभन्दा योजना ल्याउने कुरामा मात्र सरकार अघि सरेको टिप्पणी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गर्दै आएको छ। सत्तापक्षकै सांसदले भने सांसद विकास कोषको रकम दिने व्यवस्थामा अनावश्यक मापदण्ड राखेको भन्दै खारेज गर्न माग गरेका थिए।

तपाईको प्रतिक्रिया