सिकागो – पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ।
जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५ सय ८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो।
प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न गरिएको थियो भने २००६ देखि २०१२ सम्म निरन्तर अध्ययन गरिएको थियो। बौद्धिक कामसम्वन्धी गतिविधिजस्तै किताव वा पत्रपत्रिका पढ्ने, तास खेल्ने, आदी काम गर्ने मानिसहरुमा अध्ययन केन्द्रित थियो।
त्यो अध्ययनबाट यो निश्कर्ष निकालिएको थियो की, ‘बौद्धिक काममा सहभागी नहुनेभन्दा सहभागी हुनेलाई पागलपनको समस्या हुने सम्भावना न्युन हुने देखिएको छ।’








