काठमाडौं – प्यालेष्टाईनका घाईते प्रदर्शनकारीको उपचारमा संलग्न एक नर्सको इजरेली सुरक्षाकर्मीले गाजा सिमा क्षेत्रमा हत्या गरेको स्वास्थ्य अधिकारीले आरोप लगाएका छन् ।
प्यालेष्टिनी पक्षले ग्रिनेड र गोली प्रहार गरेकाले जवाफी कारबाही गर्नुपरेको स्पष्टीकरण इजरेली सेनाले दिएको रोयटर्सले जनाएको छ । रजन अल नजर नामकी ती नर्सको हत्या सँगै प्रदर्शनका क्रममा बिहीबार भड्एिको हिंसामा १ सय १९ जना प्यालेष्टिनी मारिएका छन् ।
२१ वर्षिय नजर घाईते प्रदर्शनकारीको उपचारका लागी खटिएकी थिईन् । नर्सको सेतो पोशाकमा हात उठाएर ईजरेली सेना सामु संकेत गरेपनि उनी माथि गोली प्रहार गरीएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।








