Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

नुवाकोट– नुवाकोटमा बिहिबारदेखि सुरु भएको जिल्लाकै सर्वाधिक पुरस्कार रााशिको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट क्वार्टरफाइनलको खेल हुँदै छ। आजको खेलमा घरेलु टोली नुवाकोट र फ्रेन्ड्स क्लब कुपण्डोल भिड्नेछन्।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टारको खेल मैदानमा दिउँसो ३ः३० बाट खेल सुरु हुनेछ। प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै नुवाकोटले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। घरेलु मैदानमा दर्शकको उपस्थितिले नुवाकोट उच्च मनोबलका साथ मैदानमा उत्रिँदै छ। उता फ्रेन्ड्स क्लब भने बाई पाएर सोझै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

यसअघि शुक्रबार भएको खेलमा पोखराले काठमाण्डौलाई १–० गोल अन्तरले पराजित गरेको थियो।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई ३ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने नुवाकोट फुटबल संघले जनाएको छ।

तपाईको प्रतिक्रिया