Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं –  पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेर भएको दुर्घटना भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन बाँकी छ ।

दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको छ ।

बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।

तपाईको प्रतिक्रिया