Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – ३३ केजी सुन र यसैसँग जोडिएको सनम शाक्यको हत्या प्रकरणमा मुछिएपछि फरार रहेका एसएसपी श्याम खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार खत्री आफैं आज बिहान अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । स्रोतका अनुसार उनले आज बयान दिने छन् ।

उनी फरार भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले खोजीका लागि सर्कुलर जारी गरेको थियो । खत्री विमानस्थलका कार्यरत रहँदा आफ्नै कार्यकक्षबाट सुन तस्करी गर्दै आएको अनुसन्धानमा खुलेको थियो । सोही आधारमा उनलाई फरार प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यालय मोरङले संगठित अपराध र हत्या मुद्दा चलाएको थियो । उनका निर्देशनमा सुन तस्करी गरेको आरोपमा हवल्दार अमर बहादुर थापा मगर र जवान विष्णु खड्का पक्राउ परि छुटिसकेका छन् । थापा साधरण तारेखमा तथा खड्का १५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।

उनका निर्देशनमा सुन तस्करी गरेको आरोपमा हवल्दार अमर बहादुर थापा मगर र जवान विष्णु खड्का पक्राउ परि छुटिसकेका छन् । जिल्ला अदालत मोरङका अनुसार उनको बयान सुर भएको छ। आजै थुनछेक बहस हुने सम्भावना छ । तस्करीका नाइकेमध्ये एक चुडामणि उप्रेती‘गोरे’ले खत्रीले नै आफ्नो सुन ओसार पसार गर्ने बयान दिएका थिए । सो प्रकरणमा पक्राउ परेका ६ जना प्रहरी अधिकारीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका खत्री सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले बयानका लागि पत्र काटे लगत्तै फरार थिए । फरार रहेका एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । तर २०७३ चैत ४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया