काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आचरणलाई व्यवहारबाटै पुष्टि गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनु कांग्रेसका लागि खुसीको कुरा भएको बताउनुभयो ।
साथै उहाँले दुई तिहाई बढी सांसदहरुको समर्थन पाएको बामगठबन्धन नेतृत्वको सरकारले ‘कुरा होइन, कामै गरेर’ देखाउने बेला आएको बताउनुभएको छ । देउवाले विकासका लागि बाह्य लगानी भित्र्याउन सरकारलाई सुझाव दिनुभयो ।
बाह्य लगानी भित्र्याएर मुलुकलाई अघि नबढाए सात वटा प्रदेशलाई तलव-भत्ता खुवाउन पनि समस्या पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।








