Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

भीमदत्तनगर – सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि भएको खबर त सबैले सुने÷देखेकै छौँ । अझ युवापुस्ता बढी संख्यामा यसको प्रयोगकर्ता रहेको छ । पछिल्लो समय कञ्चनपुरमा फेसबुक, ट्विटरसँगै शहर क्षेत्रमा बसोबास गर्ने युवा युट्युब च्यानल सञ्चालनमा ल्याएर यहाँको पर्यटन प्रर्वद्धनसँगै लोकसंस्कृति र विभिन्न प्रकारका कार्यक्रमलाई प्रचारप्रसार गरिरहेका छन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

छ महिनादेखि भीमदत्तनगरका युवा व्यापारी करनसिंह पालले ‘खोज टिभी’ युट्युब च्यानल सञ्चालनमा ल्याउनुभएको छ । उहाँले उक्त च्यानलमार्फत यहाँको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, लिंगा, एशियाकै दोस्रो लामो महाकाली नदीमा अवस्थित झोलुङ्गे पुल तथा यहाँ हुने मेला÷महोत्सवका साथै डोट्याली हास्य भिडियोसमेत खोज टिभी च्यानलमा अपलोड गर्ने गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्यसमेत रहनुभएका पालले च्यानल हेर्ने र सस्क्राइबरको संख्या बढेसँगै गगुलले युट्युबलाई विज्ञापन उपलब्ध गराएर रकमसमेत दिने गरेको बताउनुभयो ।

‘युट्यब च्यानलका पनि निश्चित मापदण्ड र परिधि छन्’, उहाँले भन्नुभयो, ‘मापदण्ड च्यानलले पूरा गरेपछि गुगल युट्युबले विज्ञापन उपलब्ध गराउनेदेखि विज्ञापन हेरेअनुसारको रकमसमेत दिन्छ ।’ पालले आफूले अपलोड गरेको ‘चट्ट, चट्टन, आँखामा बट्टन’ डोट्याली कमिडी भिडियो सबैभन्दा बढी हेरिएको बताउनुभयो । ‘त्यो भिडियो हाम्रो च्यानलमा एक लाख २६ हजार पटक हेरिएको छ,’ उहाँले भन्नुभयो, ‘अरूका गीत पनि च्यानलमा राख्न सकिन्छ, गायक र निर्माताको अनुमति आवश्यक हुन्छ ।’

जिल्लाका पर्यटकीय क्षेत्रको भिडियो र विभिन्न कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरिएको छ । अरूको म्युजिक भिडियो बिनाअनुमति हाले कपिराइटमा मुद्दा लाग्छ । निजी च्यानल बनाएर सञ्चालन गर्ने युवाको संख्या वृद्धि हुदै गएको छ । युट्युब च्यानल सञ्चालन गर्न जिमेल एकाउन्ट आवश्यक पर्छ । ‘च्यानल बनाउन केही समय लाग्दैन’, पाल भन्नुहुन्छ, ‘अरू सामाजिक सञ्जालमा लत पार्नुभन्दा फुर्सदमा च्यानल सञ्चालन गर्नु बेस छ ।’ पालले सञ्चालनमा ल्याएका च्यानलका विभिन्न पर्यटकीय तथा मनोरन्जनात्मक भिडियो करीब ६ लाखभन्दा बढीले हेरिसकेका छन् ।

भीमदत्तनगरका फोटोग्राफर पुष्पराज भट्टले ‘किङ्ग टिभी २४’ सञ्चालन गरेका छन् । उहाँले सञ्चालन गरेको ११ महिनामै गुगल युट्युबबाट १०७ अमेरिकी डलर पहिलो पटक प्राप्त गर्नुभएको छ । गुगल युट्युबले च्यानलमा विज्ञापनमार्फत १०० डलरभन्दा बढी रकम जम्मा हुनासाथ च्यानल सञ्चालकको खातामा रकम हाल्छ । यहाँस्थित फोटो स्टुडियोमा आबद्ध भएर भिडियो सम्पादनमा व्यस्त रहने भट्टले फुर्सदको बेला विभिन्न नेपाली गीतको कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरेका छन् । उहाँको च्यानल हालसम्म १० लाख ६० हजार पटक हेरिएको छ ।

तपाईको प्रतिक्रिया