Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नांगो मूर्तिका बारेमा सम्झना छ ? सन् २०१६ को राष्ट्रपति चुनावमा बेला तत्कालिन उम्मेदवार ट्रम्पको निर्वस्त्र मूर्ति बनाएका थिए एकजना कलाकारले । उक्त मूर्तिको हालै लिलामी भएको छ । डोनालड ट्रम्पको त्यस नांगो मूर्ति २८ हजार डलर अर्थात् झण्डै ३० लाख रुपैयाँमा बिकेको छ । उक्त मूर्ति तत्कालिन समयमा न्युयोर्कको एउटा चर्चित पार्क लगायतका विभिन्न ४ ठाउँमा राखिएको थियो । त्यस समय मानिसहरुले उक्त मूर्तिबाट निकै मज्जा लिएका थिए र धेरैले मूर्तिसँग सेल्फी पनि खिच्न भ्याएका थिए । ती चार मध्ये तिनवटा मूर्ति त तोडफोड भैसकेको छ र बँचेको एउटा मूर्तिको हालै लिलामी भएको हो । लस एन्जल्सको ४६०० ब्लकस्थित हलिउड बुलेवार्डमा कडा सुरक्षाबीच उक्त मूर्ति राखिएको थियो । जुलियस अक्सन्सले बुधबार घोषणा गरे अनुसार लस एन्जल्सको एक लिलामीमा उक्त मूर्ति बिकेको हो । उक्त मूर्तिमा ट्रम्पको भुँडी निकै ठूलो देखिन्छ । उक्त मूर्ति ज्याक बेगेन्सले खरीद गरेका हुन् । उक्त मूर्ति जिन्जर नामक कलाकारले बनाएका हुन् । सन् २०१६ मा उनले वासिंटन पोष्टलाई बताए अनुसार उक्त मूर्ति माटो र सिलिकनबाट बनेको छ । साथै यसको तौल ८० पाउण्ड रहेको छ । एजेन्सीको सहयोगमा

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया