Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

गरिबलाई दास ठान्छ्न शहरियाहरु

आफू बाहेक घाँस ठान्छ्न शहरियाहरु ।।

चोरी डकैती अपराध बढी हुन्छ त्यतै

गाउँलेलाई बदमास ठान्छ्न शहरियाहरु ।।

आफै जान्ने आफै सुन्ने गन्दैनन कसैलाई

अर्तिलाई बकवास ठान्छ्न शहरियाहरु ।।

इमानदारी र सत्यताको कुनै मूल्य छैन

धनिलाई मात्र खास ठान्छ्न शहरियाहरु ।।

आफ्नै देख्छ्न जीवनमा उत्साह उमंग

अरुलाई ज्युदो लास ठान्छ्न शाहरियाहरु।।

शम्भु पुडासैनी दक्षिण कोरिया

तपाईको प्रतिक्रिया