Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

यो बर्षको दशैंबाट सिधा नेपाल जान पाईने

टोकियो –  यो  बर्षको दशैंमा घर जाँदै हुनुहुन्छ भने बिबि एअरवेजले शुरु गर्न लागेको नेपालको लागि पहिलो सिधा उडानबाट जान सकिने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिबि एअरवेजद्वारा पूर्वघोषित तिथिमितिमै उडान सेवा शुरु गर्नका लागि महत्वपूर्ण एवं अतिआवश्यक पूर्वाधारहरुको लगभग सबै तैयारी पुरा भईसकेको सो कम्पनीले जनाएको छ ।

अन्तरराष्ट्रिय उडानका लागि नेपाल सरकार, नागरिक उड्डयन मन्त्रालयलगायत सम्बन्धित निकायहरुबाट अनुमति प्राप्त गरेर विमानको बन्दोबस्तमा जुटेको बिबि एअरवेजले ताईवानको तोन्लेसाप विमान कम्पनीबाट दुईवटा विमान लिई पूर्वनिर्धारित तिथिमितिमै उडान शुरु गर्ने भएको हो ।

तत्सम्बन्धि सम्झौता पत्रमा हालै हस्ताक्षर भएको बिबि एअरवेजका अध्यक्ष भवन भट्टले बताउनुभयो ।

बिबि एअरवेजले पूर्वघोषित मिति आगामी सेम्टेम्बर १३ तारिखदेखि काठमाडौं क्वालालम्पुर उडान शुरु गर्ने भएको छ भने नेपालीहरुको महानपर्व दशैंलाई ध्यानमा राखी अक्टुबरको पहिलो सातादेखि जापानबाट काठमाडौंका लागि सिधा उडान शुरु गरिने अध्यक्ष भट्टले बताउनुभयो ।

ताइवानी विमान कम्पनी तोन्लेसापको इकोनोमिक क्लास १९४ सिट र बिजनेश क्लास ८ सिट भएको बोईङ ७५७.-२०० का दुइवटा विमान बिबि एअरवेजले करारमा लिएर उडान शुरु गर्न लागेको हो । आईसीएमआई सम्झौताअनुरुप उडानको पहिलो ६ महिनासम्म विमान उपलब्ध गराउने कम्पनी तोन्लेसापको ब्यवस्थापनमा बिबि एअरवेज सञ्चालन गरिने र तदअनुरुप विमान चालक, हवाई परिचारिकालगायतका कर्मचारीहरु प्रारम्भमा ताईवानीहरु हुन सक्ने बिबि एअरवेजले जनाएको छ ।

जापानको इवाराकी विमानस्थलबाट नेपालको लागि सिधा उडान भरिने तैयारी भईरहेको हो । टोकियोबाट ७१ किलोमिटरको दुरीमा रहेको इवाराकी बिमानस्थल पुग्न ५०० येन भाडामा टोकियो स्टेशनबाट बसको ब्यवस्था रहेको पनि बिबि एअरवेजले जनाएको छ ।

जापानबाट हप्ताको २ उडान रहने बिबि एअरवेजको उडान शुभारम्भ भएपछि प्रशस्त मात्रामा जापानीहरु नेपाल भित्रिने अपेक्षा गरिएको र आफु बसेको मुलुकबाट नेपालको पर्यटन प्रबर्द्धनमा यथेष्ट सहयोग पुरयाउन सकिने अध्यक्ष भट्टले बताउनुभएको छ।

स्मरण रहोस्, बिबि एअरवेजले क्वालालम्पुर, हङकङ, बैंकक, नयाँदिल्ली, दोहा, सिंगापुर र टोकियोका लागि अन्तरराष्ट्रिय उडान भर्ने अनुमति पाएको छ । ***

 

 

 

 

 

तपाईको प्रतिक्रिया