Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – गायक, मोडेल हुँदै निर्देशक समेत बन्नुभएका पुस्कल शर्माले फ्यान सुसाइट नोट बोलको गीत बजारमा ल्याउनुभएको छ । “मुटु जलाई जलाई भाग ५-”फ्यान” बजारमा ल्याउनुभएको हो ।

गीतको बीचमा राखिएको संवादले गीतलाई अझैं राम्रो बनाएको छ ।  मन्दिर म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको यस गीतको शब्द, स्वर, संगित, निर्देशन पनि उहाँले नै गर्नुभएको छ ।

विशेष गरि वियोगान्त गीत लेख्ने र गाउने गायकका रुपमा परिचित शर्माका थुप्रै गीत चर्चामा छन् । शर्मा गीतका कारण बेला बेलामा राम्रा नराम्रा दुवै खालका चर्चामा आउने गर्नुभएको छ ।

यसअघि मुटु जलाई जलाई ४ मा समावेश म मरेको छैन बोलको बजारमा ल्याउनुभएको थियो । जुन गीतलाई पनि दर्शक स्रोताले एकदमै रुचाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया