Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – नियमित मर्निङवाक गर्ने बानी छ भने यो चिसोमा पनि पक्कै निरन्तरता दिनुभएकै होला । तर, चिसोमा मर्निङवाक गर्दा अन्य शारीरिक समस्या निम्तिन सक्छ । त्यसैले, केही विषयमा ध्यान दिनुपर्छः

कपडा
जाडोमा मर्निङवाक गर्दा लगाउने कपडामा ख्याल पुर्याउनुपर्छ । गर्मी मौसम र जाडोमा लगाउने कपडा फरक हुनैपर्छ । चिसोको असरबाट जोगिन र असहज पनि हुन नदिन न्यानो र हल्का खालका कपडा लगाउनुपर्छ । शरीरभित्र हावा छिर्न नदिने कपडा हुनुपर्छ । जाडो मौसममा दौडिँदा शरीरलाई जतिसक्दो बाफिन दिनुपर्छ ।

जुत्ता
दौडिँदा जुत्तामा विशेष ख्याल गर्नुपर्छ । दौडिँदा पहिलो दबाब गोडामा पर्ने भएकाले लगाउने जुत्ता नै उपयुक्त रोज्नुपर्छ । दौडिँदा सहज हुने, शरीरलाई ब्यालेन्स गर्ने, नचिप्लिने, गोडामा असर नगर्ने, नसा नदुख्ने तथा लगाउँदा हल्का महसुस हुने जुत्ता लगाउनुपर्छ ।

समय
जाडोमा मर्निङवाक गर्न सात बजेपछिको समय उपयुक्त हुन्छ । बिहान धेरै चिसो हुने भएकाले केही ढिलो सुरु गर्नुपर्छ । पायक पर्छ भने त घामको प्रकाश पर्ने स्थानलाई मर्निङवाकको गन्तव्य बनाउनु उपयुक्त हुन्छ । बिहान सातदेखि नौ बजेसम्मको समय जाडोमा मर्निङवाकका लागि उपयुक्त हुन्छ ।

छालाको सुरक्षा
चिसोले पूरै स्वास्थ्यमा असर गर्न सक्छ । स्किनमा पनि चिसोको असर पर्न सक्ने भएकाले अनुहारमा स्किन प्रोटेक्सन क्रिमहरू प्रयोग गर्न सकिन्छ । –एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया