Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – गलत खानपान, पानीको कमी र तनावका कारण हाम्रो पाचन प्रणाली प्रभावित हुन्छ । यसैकारण कब्जियतको समस्या उत्पन्न हुन्छ । यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ र यसले पेट दुख्ने, ग्यास भरिएर पेट फुल्ने र अन्य पाचन सम्बन्धी समस्याहरू पनि निम्त्याउन सक्छ । कब्जियतलाई नियन्त्रण गर्न र पेटलाई स्वस्थ राख्न केही विशेष खानेकुरालाई आफ्नो दैनिक खानपानमा समावेश गर्न सकिन्छ । यस्ता खानेकुरामा फाइबर, पानी र पाचन प्रक्रियालाई मद्दत गर्ने प्राकृतिक तत्व पाइन्छन् । यसले पेटलाई नियमित रूपमा सफा राख्न मद्दत गर्छ । कब्जियत कम गर्न कुन कुन खानेकुरा लाभदायक हुन्छन् र तिनलाई आफ्नो आहारामा कसरी समावेश गर्ने भन्ने विषयमा चर्चा गरौं ।

मेवाः मेवा फाइबर र पेपेन इन्जाइमले भरिपूर्ण हुन्छ । यसले पेटका मांसपेशीहरूलाई सक्रिय बनाउँछ र कब्जियत कम गर्छ । यसलाई काँचै, सलादमा वा स्मूदीको रूपमा खान सकिन्छ । गर्मी मौसममा चिसो मेवा खानाले पेट सफा रहन्छ र शरीरलाई हाइड्रेटेड पनि राख्छ ।

मुंगको दालः मुंगको दाल पचाउनका लागि सबैभन्दा सजिलो र हल्का खानेकुरा हो । यसमा फाइबर र प्रोटिन हुन्छ, जसले पेटमा खाना पचाउन मद्दत गर्छ । मुंगको दालबाट बन्ने खिचडी वा सुपले कब्जियत कम गर्न र पेटलाई आराम दिन धेरै फाइदा पुर्‍याउँछ ।

दहीः
दहीमा प्रोबायोटिक्स हुन्छ, जसले पेटमा हुने राम्रा ब्याक्टेरियालाई बढाउँछ । यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ र कब्जियतका लक्षणहरूलाई कम गर्छ । दैनिक एक वा दुई कचौरा दही खानाले पेट हल्का रहन्छ । यसको सेवनले ग्यास र एसिडिटी जस्ता समस्याबाट राहत दिन्छ ।

आलसः
आलस फाइबर र ओमेगा ३ फ्याटी एसिडको राम्रो स्रोत हो । यसलाई भिजाएर वा धुलो बनाएर खाँदा कब्जियतको समस्या हट्छ । आलसले पेटलाई लामो समयसम्म भरिएको महसुस गराउँछ र पाचन प्रक्रियामा सहयोगी भूमिका खेल्छ ।

प्रशस्त पानी :
पानी पेट र शरीरका लागि सबैभन्दा आवश्यक कुरा हो । पर्याप्त पानी पिउनाले दिसा नरम हुन्छ र पाचन प्रणाली सुचारु हुन्छ । कब्जियत रोक्न र शरीरलाई हाइड्रेटेड राख्न दैनिक कम्तीमा ८ देखि १० गिलास पानी पिउनु अत्यन्तै जरुरी छ । (मेडिकल रिपोर्टहरूबाट संकलन गरिएका जानकारीका आधारमा तयार पारिएको सामग्री)

तपाईको प्रतिक्रिया