Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

टोकियो – मध्यपूर्वमा जारी तनावका कारण विश्वव्यापी रूपमा कच्चा तेलको मूल्य अकासिएपछि यसको प्रत्यक्ष असर जापानका स्टोरहरूमा देखिन थालेको छ । पेट्रोलियम पदार्थबाट बन्ने ‘नेप्था’को मूल्यमा भएको वृद्धिले जापानी कम्पनीहरूलाई आफ्ना उत्पादनका प्याकेजिङमा व्यापक कटौती गर्न बाध्य पारेको छ। नतिजास्वरूप, अब जापानी उपभोक्ताले स्टोरका ‘सेल्फ’हरूमा पहिले जस्तो रङ्गीचङ्गी प्याकेटहरू देख्न पाउने छैनन् ।

नेप्था एक यस्तो कच्चा पदार्थ हो जुन प्लास्टिकका बोतल, झोला र प्याकेजिङमा प्रयोग हुने मसी बनाउन अनिवार्य मानिन्छ। यसको लागत बढेपछि कम्पनीहरूले खर्च जोगाउन ‘रङ्ग र तस्बिर’ विनाका सादा प्याकेटहरू ल्याउन थालेका हुन् ।

जापानको प्रख्यात कन्फेक्सनरी उत्पादक ‘फुजिया’ले आगामी महिनादेखि आफ्ना कुकीजका प्याकेटहरूमा आमूल परिवर्तन गर्दैछ । नयाँ डिजाइनमा नीलो र हरियो रङ्ग पूर्ण रूपमा हटाइनेछ भने प्याकेटको अगाडि रहने कुकीजको आकर्षक तस्बिर समेत हटाइनेछ । कम्पनीले जुलाईदेखि आफ्ना अन्य ९ वटा उत्पादनमा पनि यस्तै सादा प्याकेजिङ लागू गर्ने योजना बनाएको छ ।

त्यस्तै, ‘इतोहाम फुड्स’ले आफ्ना नयाँ उत्पादनहरूमा केवल तीनवटा रङ्ग मात्र प्रयोग गर्ने निर्णय गरेको छ । ‘इतोहाम योनेक्यू’की कार्यकारी अधिकारी नाकाजिमा युको भन्छिन्, ‘इन्धन र कच्चा पदार्थको मूल्य बढिरहेको छ । यो नयाँ प्याकेजिङ उपभोक्तालाई अलि अनौठो लाग्न सक्छ, तर यसले बजारमा एउटा नयाँपनदिने हाम्रो विश्वास छ।’

जापानको प्रसिद्ध डिस्काउन्ट स्टोर चेन ‘डोन किहोते’ले आफ्ना केही उत्पादनहरूमा ‘मोनोक्रोम’ (सादा कालो र सेतो) प्याकेजिङ र पातलो प्लास्टिकका बोतलहरू प्रयोग गर्न सुरु गरेको छ । यसो गर्दा उत्पादन लागतमा झण्डै १० प्रतिशतले कमी आउने कम्पनीको दाबी छ ।

प्रमुख कन्भिनियन्स स्टोर शृङ्खलाहरूले पनि वातावरण र लागत दुवैलाई ध्यानमा राख्दै कदम चालेका छन् । ‘फ्यामिली मार्ट’ले यसै महिनाको अन्त्यदेखि स्टोरहरूमा प्लास्टिकको मात्रा कम गरिएका पातला झोलाहरू उपलब्ध गराउन सुरु गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया