Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको चलचित्र माई लभ प्रोमिस फर काठमाडौं मंसिर २९ गते अर्थात् डिसेम्बर १५ बाट प्रदर्शनमा आउने भएको छ । ०७२ साल बैशाख १२ गतेको भूकम्पले काठमाडौं उपत्यका र त्यस आसपासमा पुर्याएको क्षती र भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको रचनात्मक भूमिका लगायतका विषयवस्तुलाई समेटेर तयार पारिएको उत्त चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा प्रदर्शनमा आउने यो चलचित्रमा  नेपाली र जापानी दुवै देशका कलाकारहरु  गणेश लामा, शितल श्रेष्ठ,जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह,चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक मियामोतोको समेत अभिनय रहेको छ ।चलचित्रमा नेपालका  महत्वपूर्ण सम्पदा तथा स्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण जुट्नु  सबै नेपालीको दायित्व रहेको सन्देश  दिन खोजिएको छ ।

चलचित्रको अधिकांश छायांकन नेपालमा गरिएको भएपनि जापानका विभिन्न  स्थानमा पनि यसको  छायांकन गरिएको छ ।फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको माई लभ प्रमिस फर काठमाडौं  चलचित्रमा ढल्दै गरेको धरहरादेखी भूकम्पले तहस नहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको बताईएको छ । गीतकार सुष्मा देवकोटा र रमेश कोईरालाका  शब्द साथै राज सागर र दिनेश सुनामकोे संगीत रहेको छ ।हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया