Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराइले भारतसँग रहेको कुटता र आशंका हटाउने विषयमा आफ्नो भ्रमणबाट ठुलो उपलब्धि हासिल भएको बताउनु भएको छ ।
चार दिने औपचारिक भारत भ्रमण पुरा गरि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग आइतबार साँझ कुरा गर्दै प्रधानमन्त्री भट्टराइले छिमेकीसँग विश्वासको वाताबरण बन्नु सबैभन्दा ठूलो उपलव्धी भएको बताउनु भएको हो ।
भ्रमणले दुइदेशबीच रहेका कटुता र आशंकालाइ निवारण गरेर नयाँ ढोका खोलेको उहाँको दावी थियो । प्रधानमन्त्री भट्टराईले भम्रणको दौरान भारतसँग भएको लगानी प्रवद्र्धन र सुरक्षण सम्झौता (बिपा) राष्ट्रिय हितमा भएको दावी गर्नुभयो ।
भट्टराईले पछिल्लो समय मुलुकमा लगानिमा वृद्धि नभएको, रोजगारी श्रृजना नभइ बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वृद्धि भएको तथा नियार्तमा घाटा बेहोरिरहनु परेको अवस्थामा विपा सम्झौता वैदेशिक लगानि भित्र्याउने क्षेत्रमा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले लगानी बृद्धि नगरी ब्यापार घाटा अन्त्य गर्न नसकिने कुरालाई ध्यान दिंदै सम्झौता गरिएको स्पष्ट गर्नुभयो । भट्टराईले विपा जस्तै सम्झौता यसअघि अन्य मुलुकसँग पनि भइसकेको उल्लेख गर्दै नेपालमा लगानि भित्र्याउन भारत महत्वपूर्ण साझेदार भएको उल्लेख गर्नुभयो ।
सम्झौताको आफ्नै पार्टीभित्रबाट विरोध भइरहकोप्रति भट्टराईले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितको विषयमा सजगता अपनाउन गरिएको प्रर्दशन जाजय भएको टिप्पणी गर्नुभयो । उहाँले सुरुमा नबुझेर विरोध गरिएकोले कुरा बुझेपछि विरोध नगर्ने बताउनु भयो ।
भारतीय प्रधानमन्त्रीसंग खुलेर कुरा भएको स्मरण गर्दै भट्टराईले भारतीय सरकारी अधिकारीसँगको वार्तामा सन १९५० देखी यताका सन्धी सम्झौता, २१ औ शताव्दीको आबस्यकता अनुसार विकासीत गर्न विज्ञहरु सम्मिलित उच्चस्तरिय संयन्त्र बनाउने सहमति भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
यसैवीच प्रधानमन्त्री भट्टराई त्रिभुवन विमानस्थलमा आइपुग्दा माओवादीकै उपाध्यक्ष मोहन बैद्य पक्षिय कार्यकताहरुले  पार्टी म्यान्डेट विपरीत भारतमा बिपा सम्झौता गरेको भन्दै विमानस्थलको मुख्य प्रवेशद्धारमा कालो झण्डा प्रर्दशन गरेका छन् ।
कालोझण्डा देखाउने क्रममा उनीहरूले ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘सम्पूर्ण असमान सन्धिसम्झौता खारेज गर’, ‘बाबुराम भट्टराई राष्ट्रघाती कदम सच्याउ’ प्रधानमन्त्री राजिनामा देऊ लगायतका नारा लगाएका थिए । बिपा सम्झौताको विरोध गर्दै भण्डाफोर अभियान सुरु गर्ने निर्णय वैद्य समूहले यसअघि नै गरेको थियो ।
सम्झौताबाट भारतीय हस्तक्षेपलाई खुलमखुला प्रवेश गराएको वैद्य समूहको बुझाइ छ । सम्झौता भएलगत्तैबाट वैद्य पक्षका नेताहरूले विरोध जनाउँदै आएका छन् । यसअघि आइतबार दिउँसो बसेको माओवादीका १५ जनवर्गीय संगठनका अध्यक्ष तथा प्रतिनिधिको बैठकले प्रधानमन्त्रीविरुद्ध कालोझण्डा देखाउने निर्णय गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया