Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो–संगीतकर्मी तथा सर्जक रामकृष्णबम मल्लको संगीत संयोजन रहेको आधुनिक गीति एल्बम ‘सहयात्रा’आइतबार जापानबाट विमोचन गरिएको छ ।
माया पीरति, देशभक्ति भावना, आमाले सन्तानप्रति देखाउने माया स्नेह लगायतका विषयवस्तु समेटेर परदेशमा रहेका विभिन्न सर्जकहरुद्वारा रचना गरिएका गीतहरुलाई मल्लद्वारा संगीतवद्ध गरी तयार पारिएको ‘सहयात्रा’ एल्बमलाई एक कार्यक्रमका बिच विमोचन गरिएको थियो ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानद्वारा आयोजना गरिएको विमोचन समारोहका प्रमुख अतिथि तथा अन्य अतिथिहरुद्वारा संयुक्त रुपमा विमोचन गरिएको हो ।

वरिष्ठ सितारवादक सुष्मा ओमाताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले मल्लले परदेशमा बस्ने सर्जकहरुलाई समेटेर यात्रालाई सहयात्रामा लैजानु सुखद् पक्ष भएको भन्दै एल्बम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ओमाता, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रकाश पौडेल ’माइला’, संगीतकर्मी इश्वर गुरुङ, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरे, जनसम्पर्क समिति जापानका अध्यक्ष डिपी कडेल, प्रवासी नेपाली मञ्च जापानका महासचिव सुरेश केसी, रक्तिम सांस्कृतिक अभियान जापानका संयोजक सचित्र केसी, अनेसासका पिताम्बर चापागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विमोचित एल्बमको बारेमा सर्जक मल्ल र गीतकार समेत रहेका प्रतिष्ठान जापान शाखाका नारायण कंडेलले जानकारी गराउनुभएको थियो । कार्यक्रममा एल्बममा संकलित गीतहरुको अडियो पनि प्रस्तुत गरिएको थियो ।

एल्बममा प्रवासमा रहेका सर्जकहरु दिप पाठक, अरुण पौडेल, नारायण कँडेल, लक्ष्मण कार्की, रविन शर्मा लगायतले शब्द दिएका छन् भने मल्लको संगीत रहेको छ । एल्बममा रामकृष्ण ढकाल, समुन केसी, सुरज थापा, राज सिग्देल, जुनु रिजाल, श्रीकृष्णबम मल्ल, मेनुका पौडेल र उत्तम खड्काले स्वर दिएका छन् ।

लामो समयदेखि जापानमा रहेका मल्लले  विदेशको प्रतिकुल अवस्थामा पनि सांगीतिक यात्रालाई निरन्तररुपमा अगाडि बढाउंदै आउनुभएको छ ।

जापानमा रहेका विभिन्न संस्थाका प्रतिनिधि, पत्रकार, राजनीतिक संगठनका प्रतिनिधि लगायत संगीत र साहित्यप्रेमीकोे उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका संयोजक युवराज आचार्य, संचालन साहित्य समाजका अध्यक्ष दिप पाठकको र स्वागत मन्तव्य रविन शर्माको रहेको थियो । उक्त एल्बमको आर.एस डिजिटलले बजार व्यवस्थापन गरेको हो । ***

तपाईको प्रतिक्रिया