Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – विज्ञान जगतमा हरेक दिन केही न केही नयाँ कुराको आविष्कार भैरहेको हुन्छ । यसपटक वैज्ञानिकहरुले यस्तो विषय आविष्कार गरेका छन् जसले मानव इतिहास र सभ्यतामा नयाँ मोड खडा गरिदिनेछ ।

वैज्ञानिकहरुले चन्द्रमामा बच्चा जन्माउने नयाँ योजना तय गरेका छन् । चन्द्रमामा समेत मानिसको शुक्रकिट संग्रह गरी चन्द्रमामै बच्चा पैदा गर्ने योजना उनीहरुको छ । यहीँ क्रममा जापानी वैज्ञानिकहरुले अन्तरीक्षको वातावरणका संग्रहित गरिएको मुसाको शुक्रकिटबाट स्वस्थ मुसा पैदा गर्न सफल भएका छन् ।

यसबाट वैज्ञानिकहरुले पृथ्वी भन्दा बाहिर पनि शुक्रकिटको प्रयोग सम्भव रहेको र अन्तरीक्ष वा बाहिरी ग्रह उपग्रहमा समेत शुक्रकिटलाई जिवित राख्न सकिने कुरा अनुसन्धानबाट पुष्टि भएको छ । अन्तरीक्षमा रहेको स्पेश स्टेसनमा उच्च विकिरण हुन्छ र पृथ्वीमा भन्दा त्यस्तो विकिरण एकसय गुणा बढी हुन्छ । त्यस्तो शुक्रकिट जस्ता संवेदनशील कोषिकाहरुमा गम्भीर असर पर्ने जोखिम रहन्छ ।

जापानी वैज्ञानिकहरुले चाहीँ मुसाको ड्राइ शुक्रकिटको नमूनालाई स्टेशनमा ९ महिनासम्म सुरक्षित साथ फ्रिज गरेर राखे र त्यसपछि पृथ्वीमा ल्याएर एक खास तापमानमा राखे । उक्त शुक्रकिट एक पोथी मुसामा कृत्रिम गर्भाधान गराएर मुसाका स्वस्थ बच्चाहरु जन्माइयो । यसबाट अब अन्तरीक्षणमा समेत गर्भाधान र बच्चा जन्माउनको कार्य सम्भव रहेको प्रमाणित भएको वैज्ञानिकहरुले बताएका छन् । –एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया