Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – गत बैशाख २३ गते कास्कीको माछापुछ्रे गाबिसस्थित अन्नपूर्ण हिमश्रृंखला पग्लिएर सेती नदीमा आएको भिषण बाढी पहिरोले कास्कीको खारापानी सर्दिखोला लगायतका क्षेत्रमा भएको अकल्पनीय दुखद घटनाका मृतक एवं पीड़ित परिवारहरुका लागी तमु धीं जापानले राहत रकम संकलन गर्ने भएको छ |

धीं का अध्यक्ष हर्क तमुले सो घटनामा ज्यान गुमाएका मृतकहरु प्रति यस दुखद घडिमा हार्दिक समाबेदना प्रकट गर्दै पीड़ित परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुण भन्ने कामनाका साथ यो अकल्पनीय घटनाका मृतक एवं पीड़ित परिवारहरुका लागि राहत रकम संकलन गर्न थालिएको बताउनुभयो । राहत रकम संकलन समितिमा धींका अध्यक्ष हर्क तमु संयोजक र वरिष्ठ उपाध्यक्ष भीम तमु सहसंयोजक रहनुभएको छ भने सदस्यमा कार्यसमितिका सम्पूर्ण सदस्यहरु रहेका छन । साथै राहत रकम संकलनका लागि जापान लगायत देश एवं बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजूभाई तथा दीदीबहिनीहरुलाई खुल्ला हृदयले सक्दो सहयोग गरी दिन पनि संयोजक हर्क तमु तथा सहसंयोजक भीम तमुले हार्दिकता साथ अपील गर्नुभएको छ |***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया