Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
टोकियो– जापानको राष्ट्रिय सङ्केत तथा प्रमुख पर्यटक आकर्षणको रूपमा रहेको माउन्ट फुजीको तल्लो भागमा देखिएको चर्काइका कारण त्यसको एकापट्टीको भाग थप फाटिएमा यो हिमाल नै ढल्नसक्ने जानकारी सरकारले गरेको एक अध्ययनमा दिइएको छ ।
भूकम्पविद्हरूले तीन वर्ष लगाएर गरेको यस अध्ययनमा यो हिमालको तल्लो भाग चर्केको देखिएको छ । माउन्ट फुजी टोकियोबाट १०० किलोमिटर पश्चिममा अवस्थित छ ।
जापानको विज्ञान मन्त्रालयको भूकम्प अनुसन्धान विभागका निर्देशक यासुहिरो योशिदाले यस हिमालको पहिरो गोटेम्बामा पुग्ने गरी यो धराशयी हुनसक्ने बताउनुभयो ।
टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस विषयमा कम्प्युटरमा सिमुलेसन अध्ययन गरेका थिए । यो समूहले गत लाखौँ वर्षमा उक्त चकाई अझै बढेको बताएको छ ।
योशिदाले स्थानीय भौगोलिक अवस्थाले माउन्ट फुजीमा पहिरो तीन हजार वर्ष अगाडि गएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया