Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु (जिन)को अध्ययनपश्चात उसको असाधारण क्षमताको पहिचान भएको छ । एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीव विकिरणयुक्त क्षेत्र, अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र होइन, अन्तरीक्षणमा समेत बाँच्न सक्दछ भनिन्छ ।

शोधकर्ताहरुले यसका दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस जीवमा एउटा जिन पत्ता लगाएका छन् । सोही जिनका कारण यो जीवले निकै प्रतिकुल वातावरणमा पनि आफूलाई बँचाइराख्न सक्दछ र पुनः तंग्रिएर उठ्दछ । यो जीवनलाई पृथ्वीको सबैभन्दा जुझारु जीवन सोही कारण मानिएको छ । यसको जिउको आकारका कारण यसलाई पानीको भालु पनि भनिन्छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा जस्तो सुकै प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाहिँ बाँच्नेछ । यो जीव प्रायः जलाशय सुकेर सुख्खा बनेका क्षेत्रमा पनि पाइन्छ । यसले निकै सुख्खा वातावरणमा पनि आफूलाई ज्यूँदै राख्दछ र वर्षौंपछि सुख्खा ठाउँमा पानी भरिँदा पुनः उठ्ने क्षमता विकशित गरेको हुन्छ ।

वैज्ञानिकहरुका अनुसार, यो जीवको यस्तो असाधारण क्षमताको कारक तत्व एउटा विशेष जिन हो । उक्त जिन सुख्खा परिस्थितमा सक्रिय हुन्छ र यस जीवको कोशिकाहरुमा पानीको ठाउँ लिन्छ । जब सुख्खा ठाउँमा पानी पर्दछ तब उक्त जिन निस्क्रिय हुन्छ र शरीरका कोशिकाहरुमा पुनः पानी भरिन्छ । -एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया