Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो- जापानको ब्यवसायीहरुको संस्था जापान बिजिनेस फेडेरेसन (केइदानरेन) अन्तरगतको एक अनुसन्धान केन्द्रले गरेको अनुमान अनुसार सन् २०५० सम्ममा कोरियाले जापानलाई प्रतिब्यक्ती ग्राहस्थ उत्पादनको हिसाबले पछि पार्ने भएको छ । उक्त कुरा सो अनुसन्धान केन्द्रका प्रमुख तोमिजिरो मोरिताले घोषणा गरेका हुन ।

जापान लगायत बिश्वका ५० राष्ट्रको दिर्घकालिन आर्थिक बृद्धिदरको बारेमा अनुसन्धान गरेको आधारमा सो अनुमान निकालिएको उनले बताए । अहिलेकै स्थितिमा जाने हो भने जापानको आर्थिक बृद्धिदर सन २०३० बाट नकारात्मक रहने र सन् २०५० मा पुग्दा प्रतिब्यक्ति ग्राहस्थ उत्पादनको हिसाबले कोरिया लगायतका देशहरु भन्दा पछि भई १८ औं स्थानमा पुग्ने अनुमान गरिएको छ । मोरिताले एशिया प्रशान्त क्षेत्रसंगको ब्यापारिक सम्बन्ध मार्फ जापान लगायत यस क्षेत्रको आर्थिक बृद्धिमा ध्यान दिनुपर्ने सुझाब पनि दिए । सो अनुसन्धानबाट सन २०५० मा अर्थतन्त्रको हिसाबले भारत तेस्रो र जापान चौथो स्थानमा पर्ने अनुमान पनि गरेको छ । यसरी जापान आगामी केही दशकमा आर्थिक शक्तिशाली राष्ट्रबाट क्रमशः पछि पर्दै जाने अनुमान गरिएको छ ।

यसैक्रममा सो अनुसन्धान केन्द्रका प्रमुख मोरिताले जापानको न्युन बाल बृद्धिदरलाई घटाउन र आर्थिक बृद्धिदरलाई बढाउनको लागि बिदेशी शरणार्थीहरुको प्रबेशमा खुकुलो नीति लिई उनीहरुलाई देशको हितमा उपयोग गर्नुपर्ने बिचार ब्यक्त गरे । यसरी जापानको केही दशक पछिको आर्थिक स्थितिलाई ध्यानमा राख्दै बिभिन्न क्षेत्रमा चिन्ता छाएको यो एउटा उदाहरणको रुपमा लिन सकिने जानकारहरु बताउँछन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया