Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – टोकियोस्थित जापान युवा अनुसन्धान केन्द्रले हालै गरेको एक सर्बेक्षणअनुसार माद्यामिक तहमा अध्ययनरत जापानी बिद्यार्थीहरु मध्ये ४६ प्रतिशतले अध्ययनको लागि बिदेशमा जाने ईच्छा ब्यक्त गरेको पाईएको छ । तर उक्त संख्या अमेरिका, चीन र कोरियाको तुलनामा भने न्यून रहेको बुझिएको छ ।

यी ४ देशसंग तुलना गर्ने हो भने कोरिया सबैभन्दा अग्रस्थानमा रहेको छ । कोरियाका माध्यामिक तहका बिद्यार्थीहरु मध्ये ८२ प्रतिशतले अध्ययनको लागि बिदेश जान चाहन्छन् । त्यसैगरी चीनको ५८ प्रतिशत र अमेरिकाको ५३ प्रतिशत बिद्यार्थीहरुले बिदेशमा अध्ययन गर्न चाहन्छन । यसरी बिदेशमा अध्ययन गर्न चाहने कारणहरु मध्य तुलनात्मकरुपमा राम्रो बातावरणमा अध्ययन गर्न रुचाएको बताउनेहरुको संख्या जापान-१७ प्रतिशत, चीन-७७ प्रतिशत, कोरिया-३९ प्रतिशत र अमेरिका ३६ प्रतिशत रहेको छ । उक्त तथ्याङ्क हेर्दा जापानी बिद्यार्थीहरुले बिदेशमा अध्ययन गर्दा त्यति धेरै फाईदा नदेखेको भन्ने अनुमान गर्न सकिन्छ ।

त्यसैगरी, बिदेशमा अध्ययन गर्न चाहने अवधिको बारेमा पनि जापानका बिद्यार्थीहरु मध्ये १ देखि २ बर्षको अवधी रोज्ने सबैभन्दा बढी रहेको पाइयो भने चीन, कोरिया र अमेरिकाका बिद्यार्थीहरु भने २ बर्षभन्दा बढी अवधि बिदेशमा बसेर अध्ययन गर्न चाहनेको संख्या अधिक पाईयो । यसको अर्थ जापानी बिद्यार्थीहरु बिदेशमा गएर सम्बन्धित देशको भाषा सँस्कृति सिक्न चाहन्छन भने अन्य देशका बिद्यार्थीहरु सम्बन्धित देशबाटै डिग्री हासिल गर्न चाहन्छन ।

जापानका सबैभन्दा बढी (४० प्रतिशत) बिद्यार्थीहरु अमेरिका जान चाहने तथ्य पनि सो सर्बेक्षणबाट थाहा लागेको छ । त्यस्तै चीन र कोरियाका बिद्यार्थीहरु पनि त्यति नै प्रतिशत अमेरिका जान चाहन्छन । जुन संख्या सबैभन्दा बढी हो । तर अमेरिकाका बिद्यार्थीहरु भने जापान, बेलायत तथा स्पेन आदि देशमा जान चाहनेहरु सबैभन्दा बढी (१३ प्रतिशत) रहेको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया