Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025
काठमाडौं–प्रधानमन्त्री डा. बाबुराम भट्टराई र जापानका परराष्ट्र मन्त्री कोईचिरो गोम्बाबीच आइतबार भेट वार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री डा. भट्टराईले नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाबारे जानकारी गराउनु भएको थियो । उहाँले शान्ति र संविधान निर्माण प्रक्रियाको पूर्णता पछि नेपाल आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढ्ने बताउँदै जापानको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरेको जानकारी दिँदै भ्रमण बर्ष सफल बनाउन जापानको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । जापानबाट धार्मिक पर्यटक र अन्य पर्यटक भ्रमणका लागि आउने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।
जापानले नेपालको आर्थिक विकासका लागि गर्दै आएको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले जलविद्युत, सडक निर्माण, लुम्बिनीको विकासको क्षेत्रमा सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
जापानी लगानीकर्ताहरुका लागि सहज वातावरण बनाउने पनि प्रधानमन्त्रीले बताउनुभयो । राष्ट्रिय गौरवका योजनाहरुलाई मद्दत पुग्ने खालको जापानी सहयोगको लागि पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले शान्ति र लोकतन्त्रको पक्षमा नेपाल र जापान एक अर्कामा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
जापानी परराष्ट्रमन्त्रीले नेपालमा चलेको शान्ति र संविधान निर्माण प्रक्रियाको सफलताको शुभकामना दिनुभयो । उहाँले आर्थिक विकासको लागि नेपाललाई सँधै सहयोग गर्न जापान इच्छुक रहेको पनि बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया