Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – पूर्व निर्धारित कार्यक्रमअनुसार बिबिसी नेपाली सेवाको कान्तिपुर लगायतका टेलिभिजनबाट आज भरे प्रसारण हुने भनिएको साझा सवाल कार्यक्रमको जापान-शृँखला बिशेष कारणवश आज प्रसारण नहुने भएको छ ।

मुलुकको वर्तमान संबेदनशील राजनीतिक परिस्थितिका कारण जापान-शृँखला आज प्रसारण नहुने भएको हो ।

केहि हप्ता अगाडि जापान आएको साझा सवाल टोलीले जापानका नेपालीहरुको बारेमा रेकर्ड गरेर लगेको सामाग्री आज प्रसारण गरिने कार्यक्रम रहेको थियो ।

जापानमा रहेका नेपालीहरुको समग्र अवस्था, संभावना, चुनौती लगायतका बिषयमा केन्द्रित रहेर साझा सवाल युनिटले तयार पारेको सामाग्री आज भरे राती जापान १२ बजे कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने कार्यक्रम रहेको थियो ।

मुलुकको संबेदनशील राजनैतिक अवस्थालाई ध्यानमा राख्दै तत्सम्बन्धि बिषयवस्तुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भएकोले आज प्रसारण गरिने भनिएको जापानका नेपालीहरुको बारेमा तयार पारिएको साझा सवाल आज प्रसारण नभएर अर्को कुनै अंकमा प्रसारण हुने साझा सवाल युनिटले जनाएको छ ।जापानका नेपालीहरुको बारेमा तैयार पारिएको साझा सवाल कार्यक्रम प्रसारण हुने अर्को तिथिमितिका बारेमा पूर्व सूचना गरिने पनि सो युनिटले जनाएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया