Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – पूर्व निर्धारित कार्यक्रमअनुसार बिबिसी नेपाली सेवाको कान्तिपुर लगायतका टेलिभिजनबाट आज भरे प्रसारण हुने भनिएको साझा सवाल कार्यक्रमको जापान-शृँखला बिशेष कारणवश आज प्रसारण नहुने भएको छ ।

मुलुकको वर्तमान संबेदनशील राजनीतिक परिस्थितिका कारण जापान-शृँखला आज प्रसारण नहुने भएको हो ।

केहि हप्ता अगाडि जापान आएको साझा सवाल टोलीले जापानका नेपालीहरुको बारेमा रेकर्ड गरेर लगेको सामाग्री आज प्रसारण गरिने कार्यक्रम रहेको थियो ।

जापानमा रहेका नेपालीहरुको समग्र अवस्था, संभावना, चुनौती लगायतका बिषयमा केन्द्रित रहेर साझा सवाल युनिटले तयार पारेको सामाग्री आज भरे राती जापान १२ बजे कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने कार्यक्रम रहेको थियो ।

मुलुकको संबेदनशील राजनैतिक अवस्थालाई ध्यानमा राख्दै तत्सम्बन्धि बिषयवस्तुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भएकोले आज प्रसारण गरिने भनिएको जापानका नेपालीहरुको बारेमा तयार पारिएको साझा सवाल आज प्रसारण नभएर अर्को कुनै अंकमा प्रसारण हुने साझा सवाल युनिटले जनाएको छ ।जापानका नेपालीहरुको बारेमा तैयार पारिएको साझा सवाल कार्यक्रम प्रसारण हुने अर्को तिथिमितिका बारेमा पूर्व सूचना गरिने पनि सो युनिटले जनाएको छ । ***

तपाईको प्रतिक्रिया