Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
यस्ता छन् भ्रमण कार्यक्रम
काठमाडौं- जापानका विदेशमन्त्री कोइचिरो गेम्बा दुईदिने औपचरिक भ्रमणका लागि शनिबार राति नेपाल आएका छन् । निक्कै लामो समयपछि जापानको यो उच्चस्तरीय भ्रमण सुरु भएको हो ।
२१ सदस्यीय भ्रमणको टोलीको नेतृत्व गर्दै मन्त्री गेम्बा नेपाल आएका हुन् । मन्त्री गेम्बाले आइतबार राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली समकक्षी नारायणकाजी श्रेष्ठ, राजनीतिक दलका शीर्ष नेताहरुसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । दुई दिने भ्रमण पूरा गरी उनी आइतबार अपरान्ह पौने ४ बजे नै भारत प्रस्थान गर्ने कार्यक्रम छ ।
विदेशमन्त्री गेम्बालाई शनिबार राति पररारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया